उखुको रसले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु यस्ता छन्
भक्तपुर साउन । गर्मीको समयमा उखुको रसले हाम्रो शरीरलाई शितल बनाउने गर्छ । यसले हाम्रो शरीरमा पानीको कमी हुन नदिनको लागी पनि निकै मद्धत गर्छ । त्यसैले उखुको रस गर्मीको समयमा हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । हाम्रो शरीरलाई चिसो बनाउन मात्र नभई यसले हाम्रो स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पुर्याउँछ ।
यसले पुर्याउने फाइदाहरु यस्ता छन् :
१. अनुहारको चायाँ हटाउछ : नियमित रुपमा उखुको रस सेवन गर्नाले अनुहारमा भएका चायाँलाई हटाउन मद्दत गर्छ । साथै उखुको रसमा मुल्तानी माटो मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउँदा पनि निकै फाइदा मिल्छ । यसरी बनाएको मास्कलाई करिब २० मिनेटसम्म अनुहारमा राख्नुपर्छ । यसपछि चिसो तौलियाले पुछ्नुपर्छ ।
२. शक्ति प्रदायक : उखुको रस सेवनले शरीरमा तुरुन्त शक्ति ल्याउन मद्दत गर्छ । यती मात्रै होइन । उखुको रस खानाले शरीरलाई फूर्तिलो पनि बनाउँछ ।
३. मुधमेहका बिरामीले पनि सेवन गर्न सक्छन : मधुमेहका बिरामीले पनि उखुको रस सेवन गर्न सक्छन । उखुको रसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । उखुको रसमा हानीकारक गुलियोपन हुँदैन ।
४. क्यान्सरबाट जोगाउँछ : विशेषगरी प्रोस्टेट, पेट, फोक्सो र स्तन क्यान्सरका जीवाणुलाई निस्तेज गर्ने गुण उखुको रसमा हुन्छ ।
५. वान्ता रोक्छ : यदि गर्मीका कारण बारम्बार वान्ता हुन्छ भने त्यस्तो अवस्थामा एक गिलास उखुको रस सेवन गरे फाइदा पुग्छ । एक गिलास उखुको रसमा २ चम्चा मह मिलाए अझै राम्रो हुन्छ ।
६. पिसाब पोलेको ठीक गर्छ : पिसाब फेर्दा पोल्छ भने त्यस्तो अवस्थमा उखुको रस सेवन गरे निकै राहत मिल्छ । साथै उखुको रसले पिसाब सम्बन्धी अन्य समस्या पनि ठीक पार्छ ।
७. तौल नियन्त्रणमा राख्छ : उखु गुलियो हुनुको बाबजुद पनि यसमा चिल्लो पदार्थ सून्य हुन्छ । यसले मानव शरीरको खराब कोलेस्ट्रोलको कम गर्नुको साथै तौल बढाउने कारणलाई पनि कम गर्छ । उखुको रसमा घुलनशील फाइबर हुने भएकाले तौल घटाउन निकै सहयोग गर्छ ।