बच्चा जन्माउने सुत्केरीलाई छ हजार ८ सय

भक्तपुर न्यूज

२४ साउन २०७५ ६:०२

बच्चा जन्माउने सुत्केरीलाई छ हजार ८ सय

मोरङ २४ साउन । स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई कानेपोखरी गाउँपालिकाले छ हजार ८ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८ सय उपलब्ध गराउने भएको हो ।

यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८ सयको हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताए ।

प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए ।आर्थिक वर्ष ०७५र७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *