मुटुलाई स्वस्थ राख्ने ५ तरिका

भक्तपुर न्यूज

२२ साउन २०७५ ४:४७

मुटुलाई स्वस्थ राख्ने ५ तरिका

भक्तपुर साउन । मानव शरिरको अत्यन्त्यै महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न सकेमा हृदयघात र पक्षघात जस्ता अकस्मात् हुन सक्ने शारिरीक दुर्घटनालाई कम गर्न सकिन्छ । सोहीकारण पनि मुटु खराब हुनुअघि नै सामान्य कुराहरुमा ध्यान दिएर मुटु जोगाउने कार्यहरु गर्नु आवश्यक हुन्छ । हाम्रो व्यस्त जिवनलाई सुहाउँदो मुटुलाई स्वस्थ राख्ने ५ तरिकाहरु यि हुन् ।

१, स्वास्थ्यलाई सहायक चिल्लो खानुस्

हाम्रो शरिरमा अन्य भिटामिनहरुको आवश्यकता परेको जस्तै चिल्लो पदार्थको पनि आवश्यकता पर्दछ । मानिसहरु सामान्यतया चिल्लो नखाँदा नै मुटु स्वस्थ हुन्छ भन्ने भ्रममा रहेका हुन्छन् ।

तर वास्तविक रुपमा हेर्ने हो भने प्राकृतिक चिल्लो नियन्त्रीत मात्रामा खाँदा मुटुलाई त्यति खराब गर्दैन । हाम्रो मुटुलाई बिगार्ने भनेको जंक फुडमा प्रयोग हुने, पटक पटक प्रयोग गरिएको अस्वस्थ चिल्लोले हो । यस्ता चिल्लो हाम्रो शरिरमा कोलस्ट्रोल बनेर बस्ने हुँदा यस्तो खराब चिल्लोको प्रयोग नगरि प्राकृतिक चिल्लो खाँदा मुटुलाई कुनै हानी पुग्दैन र स्वस्थ हुन्छ ।

२, मुखको स्वास्थ्यमा ध्यान दिनुहोस्, नियमित कुल्ला गर्नुहोस्

मुख हाम्रो शरिरमा अत्यन्त्यै संवेदनशील अंग हो । हाम्रो शरिरको लागि चाहिने तत्वहरु मुखको माध्यमबाट आउने हुँदा दाँत र मुखलाई स्वस्थ राख्न जरुरी हुन्छ । मुखमा रहेका जिवाणुहरु खानाको माध्यमबाट शरिरको कोषहरुमा पुग्ने हुँदा यसले मुटु रोग तथा मस्तिष्कघात जस्ता खतरा उत्पन्न हुन्छ । यस्तोमा खाना खाइसकेपछि नियमित कुल्ला गर्ने तथा मुख सम्बन्धी रोग भए निदान गर्दा मुटुलाई पनि यसले फाइदा पुग्छ ।

३, पर्याप्त मात्रामा सुत्नुहोस्

शरिरलाई निद्राको माध्यमबाट आराम दिएमा मुटु पनि स्वस्थ रहन्छ । पर्याप्त मात्रामा सुतिएन भने यसले मुटु रोग सम्बन्धी खतरा बढ्ने गर्दछ । ४५ वर्षका ३००० मानिसहरुमा गरिएको एक अध्ययनका अनुसार ६ घण्टा भन्दा कम सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा हृदयघात हुने सम्भावना २ गुणा बढि हुन्छ । उक्त अध्ययनको अनुसार आवश्यक भन्दा कम सुत्दा शरिरको रक्तचाप तथा जैविक प्रक्रियालाई असहज हुने हुँदा यसले मुटुलाई खतरा हुन्छ ।

४, एकै स्थानमा लामो समयसम्म नबस्नुस्

शरिरलाई स्वस्थ बनाउन शारिरीक व्यायम तथा सन्तुलित भोजन गरेपनि लामो समयसम्म एकै स्थानमा बसिरहँदा मुटुको रोगबाट बच्न सकिंदैन । एकै ठाउँमा लामो समय बसेर काम गर्ने गरेकाहरुलाई अन्यको तुलनमा १ सय ४७ प्रतिशत बढि मुटु रोग लाग्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । एकै स्थानमा लामो समय बस्दा शरिरले नकारात्मक रुपमा काम गर्ने हुँदा यसको सिधा असर मुटुमा पर्न जान्छ ।

५, प्रयोग भइ सकेको धुम्रपान प्रयोग नगर्नुहोस्

धुम्रपान मुटु तथा फोक्सोको लागि हानीकारक भएको कुरा सर्वविदितै छ । त्यसमा पनि एक पटक प्रयोग गरिसकेको अथवा अरुले खाइसकेको धुम्रपान गर्नाले त्यसबाट निस्कने हानीकारक तत्व मानव शरिरको धमनीहरुमा गइ बस्ने हुनाले यसले रक्त संचारमा अवरोध गर्दछ । जसको फलस्वरुप मुटु सम्बन्धी विभिन्न रोगको खतरा हुन्छ । मुटु स्वस्थ भएमा शरिरको ५० प्रतिशत रोगको समस्या कम हुने हुँदा धुम्रपान गर्दै नगर्नु उपयुक्त हुन्छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *