पहिरो बग्न थालेपछि जिल्ला अस्पताल असुरक्षित

भक्तपुर न्यूज

१९ साउन २०७५ ६:२५

पहिरो बग्न थालेपछि जिल्ला अस्पताल असुरक्षित

बाजुरा, १९ साउन । बिरामीको सुरक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी लिने निकाय जिल्ला अस्पताल नै असुरक्षित बनेको छ । बाजुरा जिल्ला अस्पतालको परिसरको चारैतिरबाट पहिरो बग्न थालेपछि जिल्ला अस्पताल असुरक्षित बनेको हो । कार्यालयको तल र माथि दुबैतिरबाट पहिरो खस्न थालेको छ । अस्पतालको तलबाट साँफे मार्तडी सडक निर्माण पछि पहिरो खस्न सुरु भएको छ भने माथिबाट त्रिवेणी साना जलविद्युतको नहरबाट चुहावट हुने पानीका कारण पहिरो खस्न थालेको छ ।

पहिरोका कारण हाल १ कोठे भवनमा क्षति पुगेको र आकस्मीक उपचार केन्द्रको पछाडि पट्टी पुरै पहिरोले भासिएको छ । बिरामीको उपचार र सुरक्षा दिने निकाय नै पहिरोको कारण जोखिममा परेपछि स्वास्थ्यकर्मी पनि त्रसित बनेका छन् ।

रातको समयमा पहिरो खस्ने डरले उपचार सेवामा समेत असर पुगेको जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए । जिल्ला अस्पतालमा दैनिक जसो ५० देखि १ सय बढी बिरामी आउने गरेका छन् । भर्ना हुनेको संख्या पनि दैनिक २० बढी हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *