पृथ्वी हाइवे ट्रमा सेन्टरको स्थापना

भक्तपुर न्यूज

१८ साउन २०७५ ४:३७

पृथ्वी हाइवे ट्रमा सेन्टरको स्थापना

चितवन १८ साउन । दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा पृथ्वी हाइवे ट्रमा सेन्टरको स्थापना गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्यधिक सडक दुर्घटना हुने गरेकाले उक्त क्षेत्रलाई केन्द्रित गरी कुरिनटार ट्रमा सेन्टर स्थापना गरिएको हो ।

अमेरिकी सहयोगमा निर्माण भएको ट्रमा सेन्टर अमेरिकी दूतावासले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारलाई बिहीबार हस्तान्तरण गरेको छ ।  २४ शय्याको ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परी घाइतेहरुले तत्काल उपचार पाउने सशस्त्रका एसएसपी प्रजाभक्त श्रेष्ठले बताए । २४सै घन्टा इमरजेन्सी सेवा दिइने ट्रमा सेन्टरमा भविष्यमा थप सेवा विस्तार गर्दै लैजाने श्रेष्ठले बताए ।

दुर्घटनापछि सहज उपचार नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन्, इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले भनिन्, ट्रमा सेन्टर सञ्चालनमा आएकाले अब दुर्घटनामा परेकाले तत्कालै उद्धारसँगै उपचार सेवा पाउनेछन्। यसअघि दुर्घटना हुदाँ घाइतेलाई थप उपचारका लागि चितवनको भरतपुर वा काठमाडौं लैजानुपर्ने वाध्यता थियो।  गत वर्षको कार्तिक महिनादेखि निर्माण शुरु गरी करिब ९ महिनामा निर्माण सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *