अटस मटस हुने पेट निको पार्न यस्तो गर्नुहोस्
काठमाडौं, १४ साउन । अन्नपानीको हाम्रो शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । तथापी कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर अटस मटस परि राखेको हुन्छ ।
यसरी पेट फुल्दा मुड अफ हुने मात्र होइन, बस्न असजिलो हुने तथा उस्तै परे लुगा चिटिक्क परेर नबस्ने समस्या पनि हुन्छ । यस्तोमा कार्यक्रम छोडेर घरै बस्ने कुरा पनि आउँदैन । यस्तोमा औषधीको प्रयोग नगरि घरेलु सामग्रीको प्रयोगबाट यस समस्याको समाधान सम्भव हुन्छ ।
यदि तपाईसँग १ घण्टा अथवा बढि समय छ भने यहाँ उल्लिखित सामग्रीको प्रयोग गरि एउटा ड्रिंक बनाउनुहोस् । यसको प्रयोगले ग्याँसको समस्या हटाइ सहज महशुस गर्न सहयोगी हुनेछ ।
आवश्यक सामग्री
आधा कप नरिवल पानी
मसिनो पारेर काटिएको अदुवा
आधा कप आइस
सानो चम्चाको आधा बेसार
एक चिम्टी अकबरे खुर्सानीको धुलो
एक चिम्टी बिरेनुन
केहि मात्रामा काटिएको भुँइकटहर
सामान्यतया पेट फुल्नुको मुख्य कारण भनेको अपच अथवा पेटमा ग्याँस भरिएको कारण नै हुने हो । यस्तोमा थोरै मात्रामा अकबरे खुर्सानी प्रयोग गर्दा यसले पेटको ग्याँसलाई कम गर्न सहयोग गर्छ ।
त्यस्तै पेटको लागि अर्को हितकारी तत्व भनेको बेसार हो । बेसारले पेटमा भएको विषाक्त तत्वलाई नष्ट पार्दछ । पेटको लागि अपयोगी अर्को तत्व भनेको नरिवल पानी हो । यसले शरिरमा रहेको अतिरिक्त सोडियमलाई निकास दिने काम गर्छ ।
त्यस्तै अदुवा पनि पेटको वायुलाई नष्ट गर्ने अर्को एक तत्व हो । यसको प्रयोगले पेटका अन्य विकारहरुको पनि निदान हुन्छ । बिरेनुनले पनि वायु विकारको नष्ट गर्ने तथा आइस र भुइँकटहरले यस ड्रिंक्समा चिसोपन र स्वाद ल्याउने कार्य गर्दछ ।
बनाउने विधिः
माथी उल्लेखित सामग्रीहरुलाई सफागरी मिक्सरमा हाल्नुहोस् र त्यसको जुस बनाउनु होस् । यसलाई छानेर आवश्यक मात्रामा विस्तारै चुस्स चुस्स पिउँदै आफ्नो कामहरु गर्नुहोस् । यसको प्रयोगले तपाईंको वायु विस्तारै कम भइ शरिरमा सहज महसुस हुनेछ । एजेन्सीको सहयोगमा