काममा एकाग्रता कसरी कायम गर्ने ?
काठमाडैं १२ साउन । तपाई कुनै पनि बेला जुन सुकै काम गर्न थाल्नुस्, हरेक स्थानमा ध्यान भड्काउने चिज हुन्छन् । मानिसहरू आसपासमा हुने कोलाहललाई बेवास्ता गर्न सक्दैनन् । सानो हलचल पनि मानिसहरूको ध्यान भड्काउन पर्याप्त हुन्छ ।
यदि तपाई आङ्खनो काममा ध्यान दिनसक्नु हुन्न भने काम बन्दैन र रिजल्ट आउ“दैन । स्कुल जाने बच्चाहरू पढाइमा ध्यान गएन भनेर गुनासो गर्छन् । कसरी एकाग्रता कायम गर्ने भन्ने उनीहरूको समस्या हो । एकाग्रता कायम गर्नु कठिन काम हो तर, असम्भव हैन । एकाग्रता बढाउन दृण्ढ इच्छा शक्ति चाहिन्छ । काममा एकाग्रता कायम गर्ने केही उपाय यस्ता छन् ।
– आर्कषक र आरामदायक माहोलमा काम गर्दा पूर्ण रुपमा एकाग्रता कायम गर्न सकिन्छ ।
– दिमागमा अनौपचारिक विचारलाई आउन नदिनुहोस् । जसले तपाईको एकाग्रता भंग गर्छ । कुनै पनि बेला मनमा कामभन्दा फरक कुरा आए त्यसलाई बेवास्ता गर्नुस् र पूर्ण रुपमा आफूलाई काममा नै केन्द्रीत गर्ने प्रयास गर्नुस् ।
– काम गर्दा त्यसको सूची बनाउनुस् । यसमा सन्तुलनको आवश्यकता पर्छ किनकी गम्भीर कामलाई पर्याप्त समय चाहिन्छ । साथै कामका बीचमा केही फुर्सद पनि निकाल्नुहोस् । यस्तो गर्दा कामबाट सन्तुष्टी मिल्छ ।
– मनमा नकारात्मक विचारलाई स्थान नदिनुस् जसले एकाग्रता कायम गर्न दिँदैन । यसले दिमागमा यो सन्देश जान्छ कि तपाईमा एकाग्रताको कमी । यस्तोमा काममा ध्यान केन्द्रीत गर्न मुस्किल हुन्छ ।
– धेरै काम एकै पटक गर्दा पनि एकाग्रता कायम गर्न सकिँदैन । जव तपाईको आँखा अगाडी कामको थुप्रो हुन्छ भने कुनै पनि काममा तपाईको मन जा“दैन ।
– तपाई जहा“ काम गर्दै हुनुहुन्छ त्यहाँ धेरै होहल्ला नहोस् । जस्तो कि तपाईको मोबाइलमा इमेलको अलर्ट देखिन्छ, म्यासेजको टोन बजेस्, यसले तपाईका ध्यान मोड्नेछ ।
– एकाग्रता हासिल गर्न सन्तुलित आहार र व्यायामको पनि महत्वपूर्ण भूमिका हुन्छ । जरुरी पोषक तत्वको अभावमा तपाई थकित महसुस गर्नुहन्छ । भिठामिन इ पाइने फल खानुस् । साथै नियमित रुपमा व्यायाम पनि गर्नुस् ।
– यदि तपाईलाई कामबारे प्रष्ट जानकारी छैन भने पनि तपाई ध्यान काममा नजान सक्छ । जब काम कठिन हुन्छ हाम्रो दिमागले सजिलो विकल्प खोज्छ । यस्तोमा हामीले यदि कामको आधारभूत अवधारणा बुझ्यौं भने सजिलो हुन्छ ।
– जब तपाईलाई काममा ध्यान केन्द्रीत गर्नुपर्छ, त्यसबेला तपाईमा सकारात्मक सोचाई आवश्यक पर्छ ।
– योग कुनै उपचार हैन । तर यदि तपाई गम्भीरतापूर्वक योग गर्नुहुन्छ र दिमाग नियन्त्रण गर्न सिक्नुहुन्छ भने यसको सकारात्मक असर देखिन थाल्छ । तपाई विस्तारै एकाग्रता कायम गर्न सक्नुहुन्छ ।
– सुत्ने समय निश्चित गर्नुस् । निन्द्रा पुरा हँुदैन भने पनि तपाई काममा ध्यान केन्द्रीत गर्न सक्नुहुन्न ।