महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
राजविराजैं १२ साउन । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ग्रामीण स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
गाउँपालिकाले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई हिजो साइकल प्रदान गरेको हो । गाउँ–टोलमा स्वास्थ्य सम्बन्धि काम छिटोछरितो र सहजहोस् भन्ने उद्देश्यले स्वयमसेविकालाई साइकल उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए ।
प्रशासकीय अधिकृत रञ्जीतजंग अधिकारीले आवश्यक बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताए । स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००