११७ वर्षको उमेरमा निधन

भक्तपुर न्यूज

११ साउन २०७५ ५:१३

११७ वर्षको उमेरमा निधन

काठमाडौं ११ साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

११७ वर्षकै उमेरमा नावि ताजिमाको गत अप्रिलमा निधन भएपछि उनी अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । सन् १९०१ को मे २ तारिखमा जन्मिएका मियाको आइतबार निधन हो । मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेकी मन्त्रालयले जनाएको छ ।  तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उनी अहिले ११५ वर्षको भइन् ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन् । उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *