३० चिकित्सकहरु प्रहरी नियन्त्रणमा
काठमाडौं, १० साउन । महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका डा। गोविन्द केसी समर्थकलाई प्रहरीले अस्पतालको मुल गेटमा रोकेर चिकित्सकहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको हो ।
डा। केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक डाक्टरहरु बिहीबार बिहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए ।
उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।
त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।