बन्दा स्वास्थ्यको लागि लाभदायक

भक्तपुर न्यूज

१ साउन २०७५ ११:०२

बन्दा स्वास्थ्यको लागि लाभदायक

काठमाडौं १ साउन । बन्दा एक बहुउपयोगी तरकारी हो । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । जसले हामीहरुलाई निरोगी बनाउँछ ।

बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ ।

बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *