हड्ताल गरे कारवाही
काठमाडौं ३१ असार । गोविन्द केसीलाई समर्थन गरेर हड्ताल गरे कारवाही गर्ने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ ।
केसीको पक्षमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितका चिकित्सकहरु उत्रिए पछि विज्ञप्ति जारी गर्दै मन्त्रालयले चेतावनी दिएको हो ।
सेवा प्रवाह रोकिएमा अत्यावश्यक सेवा सम्बन्धी कानुन, विश्वविद्यालयको कानून एवं चिकित्साकर्मीको आचार संहिता बमोजिम कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । जनतालाई प्रदान गर्ने सेवा प्रवाहका अवरोध सिर्जना नगर्न भन्दै, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको असामान्य अवस्थामा सबै स्वास्थ्यकर्मीले सेवा प्रवाहलाई निरन्तरता दिन मन्त्रालयले उक्त विज्ञप्ति मार्फत् भनेको छ ।
मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा केसीका माग सम्बोधन गर्न सरकार गम्भिर रहेको दावि गरिएको छ । संघीय संसदमा पेश भईसकेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको छलफल र पारित हुने चरणमा रहेको अवस्था उल्लेख गर्दै मन्त्रालयद्धारा जारी उक्त विज्ञप्तिमा यस्तो अवस्थामा अनसन र अन्य गतिविधि आवश्यक नहुने तर्क गरिएको छ ।
ु