यी हुन् क्यान्सरको जोखिम कम गर्ने केही उपाय

भक्तपुर न्यूज

३१ असार २०७५ ४:०५

यी हुन् क्यान्सरको जोखिम कम गर्ने केही उपाय

काठमाडौं ३१ असार । क्यान्सर शरीरको जनुसुकै अंगमा पनि हुन सक्छ । जनुसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोग बारे सधै सचेत रहन जरुरी छ ।

नेपालसहित विश्वभर क्यान्सर रोगका विरामी बढ्दै गएका छन् । यसरी क्यान्सर बढ्दै जानु भनेको व्यक्तिको आफ्नै कारण हो । व्यक्ति आफूले आफैंलाई परिवर्तन गर्न सक्यो भने क्यान्सर जस्तो गम्भीर रोग लाग्नबाट बच्न सकिन्छ ।

विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ ।

१। वनस्पति स्रोतमा आधारित खाना– ताजा हरियो सागपात, फलफुल र गेडागुडी खाने ।

२। मोटोपन घटाउन सन्तुलित खाना र शारीरिक क्रियाकलाप महत्वपूर्ण हुने हुँदा खाना र व्यायाममा ध्यान दिने ।

३। व्यवसाय वा काम शाररिक परिश्रम गर्ने नभए कम्तिमा १ घण्टा दैनिक पैदल हिँड्ने र हप्तामा एक पटक थाक्ने खालको व्यायाम गर्ने ।

४। दिनमा कमसेकम ४ सयदेखि ८ सय ग्राम वा सम्पूर्ण खानाको आधा वा आधाभन्दा बढी तरकारी र फलफूल नियमित खाने ।

५। दिनमा कमसेकम ६ सयदेखि ८ सय ग्राम अन्न खाने र चिनी कम खाने ।

६। मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको हुनाले मद्यपान नगर्ने तर मद्यपान गर्नुपर्ने परिस्थिति भएमा पुरुषहरुले दैनिक अधिकतम दुई पेग र महिलाहरुले दैनिक एक पेगभन्दा बढी नखाने ।

७। नियमित मासु खाने व्यक्तिले दैनिक ८० ग्रामभन्दा बढी नखाने र बोसो भएको मासु नखाने ।

८। घ्यु बोसो धेरै मात्रामा उपभोग नगर्ने र चिल्लो पदार्थका लागि वनस्पति तेलको प्रयोग गर्ने ।

९। सबै प्रकारका खानामा नुनको मात्रा कम गर्ने र नुन थपेर नखाने ।

१०। लामो समयदेखि उचित भण्डार नगरेमा वा राम्ररी सुकाएर राखेमा ढुसी पर्ने सम्भावना रहने हुँदा ढुसी परेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो खाना नखाने ।

११। आगोमा डढाएको खानेकुरा जस्तो कि सेकुवा, पोलेको मासु, डढेको कुनै खाद्यपदार्थ आदि नखाने ।

१२। खाना भण्डार गर्दा, बनाउँदा वा अन्य अवस्थामा प्रयोग गरिने रासायनिक पदार्थ, औषधी, रंगको जथाभावी प्रयोग नगर्ने र उचित तापक्रम र स्थानमा मात्र खाद्यपदार्थ भण्डार गर्ने ।

१३। सूर्तीजन्य पदार्थको सेवनबाट कहिल्यै स्वस्थ जीवन प्राप्त हुन नसक्ने हुँदा यसबाट टाढा रहने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *