भक्तपुरका पानी मुहान उच्च जोखिममा

भक्तपुर न्यूज

२७ असार २०७५ १०:००

भक्तपुरका पानी मुहान उच्च जोखिममा

भक्तपुर । जिल्लामा रहेको खानेपानीका मुहानहरु समेत उच्च जोखिममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले केही दिनअघि गरेको पानी परिक्षणका क्रममा यस्तो भेटिएको हो ।  कार्यालयले परिक्षण गरेका १८ मुहानमध्ये १६ वटा मुहानको पानी पिउन अयोग्य ठहरिएका छन् । यी मुहानमा सत् प्रतिशत कोलिफर्म रहेको कार्यालयले बताएको छ ।

भक्तपुरमा पानी पिउनेहरुको स्वास्थ्य माथि खेलवाड हुँदा समेत सरोकारवाहरुको ध्यान जान नसकेको तथ्य बाहिर आएको छ । भक्तपुर १८ स्थानमा पानी जाँच गरिएकोमा १६ स्थानको पानी पिउनका लागि योग्य नरहेको तथ्य फेला परेको हो । पिउने पानीमा दिशाका किटाणु फेला परेपछि यसको निर्मलिकरण तर्फ कसले चासो दिने हो भन्ने समेत प्रश्न उब्जीएको छ ।

भक्तपुरका बिभिन्न स्थानमा गरिएको पानी परिक्षणमा नगरकोटको जनस्वास्थ्य चौकी नजिक रहेको धारा र कटुञ्जेको तिनधाराको पानी मात्र पिउन योग्य रहेको परिक्षणमा फेला परेको छ । भक्तपुर, मध्यपुर, सूर्यबिनायक र चाँगुनाराण नगरपालिकाका अधिकाशं धारामा आउने पिउने पानीमा दिशाका किटाणु फेला परेको एक सर्बेक्षणले देखाएको छ ।

पानीका मुहानमा दिशका किटाणु फेला परेको र त्यो पानी नै उपभोक्ताहरुले सिधै उपभोग गर्ने भएकाले भक्तपुरमा झाडापखाला र हैजाको प्रकोप फैलन सक्ने तर्फ समेत सबै सचेत रहन जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आग्रह गरेको छ । बरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्दले भक्तपुरमा पिउने पानीमा दिशाका किटाणु फेला पर्नुले सबैलाई सोच्न बाध्य बनाएको बताए ।

उनले भने ‘पानीका मुहान आसपासका जंगलमा गरिने दिशा बर्षाले बगाएर ल्याउने हुँदा समेत यस्तो समसया हुन गरेको छ । पानीमा दिशाको किटाणु फेला पर्नु र पानी पिउन योग्य नहुनुले पनि यहाँको पानीमा अत्याधिक कोmिफर्म रहेको पाइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *