केसी आइसीयूमा ‘म कर्णालीमै मर्न तयार छु’

भक्तपुर न्यूज

२६ असार २०७५ ८:३३

केसी आइसीयूमा ‘म कर्णालीमै मर्न तयार छु’

जुम्ला २६ असार । सरकारले डाक्टर केसीका पुरा मागहरु सम्बोधन गर्न नसक्ने अवस्था जनाईरहेका बेला जुम्मालाम अनशनरत डा गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा औंल्याएका छन् । डा केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएको अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सक प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले जनाएका छन् । सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ ।

रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ । सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण मृत्युको खतरा रहन्छ । अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ । डा केसीलाई एअरलिफ्टबाट काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा। केसीलाई काठमाण्डु लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन् । चिकित्सकहरुले उनलाई समयमा काठमाण्डु लगेर उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।

डा केसी भने चिकित्सा शिक्षा ऐन तत्काल यथारूपमा जारी नभएसम्म कर्णालीमै मर्न तयार हुने तर अनशन तोडेर बाहिर नजाने अडान लिएका छन् । कर्णालीका नागरिक पनि मजस्तै मान्छे हुन्, यहाँका मान्छे यही अस्पतालका भरमा छन्’, उनले भने, मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने रु बरु यहाँ नभएका उपकरण र आवश्यक जनशक्ति सरकारले व्यवस्था गरोस् ।’ सरकारले थामथुम पार्दैमा अनशन नरोक्ने उनले अडान लिए। अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ, तीन करोड नेपालीको स्वास्थ्यमा सरकारले खेलवाड गर्न मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *