विद्यार्थीले प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने

भक्तपुर न्यूज

२४ असार २०७५ १०:४९

विद्यार्थीले  प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने

विराटनगरै २४ असार । शुल्क वृद्धि गरेको रोपमा विराटनगस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई तीन विद्यार्थी संगठन मिलेर थुनेका छन् ।

विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिमलसेना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आज आफ्नै कार्यकक्षमा थुनेका हुन् । अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई थुनेका थिए ।

क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् । क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म् ताल्चा नखोलिने बिद्यार्थी संगठनले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *