यी हुने, भुइँकटहर खाँदाका फाइदा ? कसले खान हुँदैन ?
स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा भुइँकटहरको धेरै खेती हुने गरेको छ।
पोषक तत्वको भण्डार
भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।
स्वास्थ्यमा के–के फाइदा ?
आर्थराइटिस (बाथ) मा उपयोगी
आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।
रोगप्रतिरोधी क्षमतामा वृद्धि
भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।
घाउ चाँडो निको पार्छ
भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।
क्यान्सर रोकथाम
एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।
पाचन प्रणाली मजबुत पार्छ
नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पु¥याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।
खोकी र रुघामा उपयोगी
ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटहरले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ ।
हड्डी मजबुत पार्छ
भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एउटा भुइँकटहरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको ७० प्रतिशत हिस्सा प्राप्त गर्न सकिन्छ।
भुइँकटहरका अन्य फाइदा
– दममा राहत दिन्छ
– मधुमेह नियन्त्रण गर्छ
– प्रजनन क्षमतामा वृद्धि गर्छ
– छालाको स्वास्थ्यका लागि फाइदाजनक
– मुखको स्वास्थ्यमा उपयोगी
– दृष्टि सुधार गर्छ
– रक्तचाप नियमित गर्छ
– मुटुको रक्षा गर्छ
– रक्त सञ्चालनमा सुधार गर्छ
– मिर्गौलाको पत्थरी निकाल्छ
– भुइँकटहरका ‘साइड इफेक्ट’
– बान्ता आउन सक्छ
– मुख र गाला सुन्निन सक्छ
– छालामा दाग आउन सक्छ
– पखाला लाग्न सक्छ
– टाउको दुख्ने र रिँगटा लाग्न सक्छ।
यी सावधानी अपनाउनुस्
– भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएका बेला दाँत कुँडिन सक्छ ।
– मधुमेहका बिरामीले क्यानमा राखिएको जुस सेवन गर्नु हुन्न, त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ ।
– गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।
– भुइँकटहरमा पोटासियम पाइने भएकाले मिर्गौलाका बिरामीले खाँदा ख्याल पुर्याउनुपर्छ ।