केसीलाई काठमाडौं आउन शिक्षा मन्त्रीको अनुरोध

भक्तपुर न्यूज

२४ असार २०७५ ७:३७

केसीलाई काठमाडौं आउन  शिक्षा मन्त्रीको अनुरोध

काठमाडौ २४ असार । चिकित्सा शिक्षा सुधारको माग सहित जुम्लामा अनसनरत डा। गोविन्द केसीलाई काठमाडौं आउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अनुरोध गरेका छन् । सत्ताधारी दलका नेताहरुले आफू निकटकालाई पोस्ने गरी चिकित्सा विधेयक तयार पारेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री पोखरेलले विवादित मुद्धाहरु आयोग मार्फत् हल गर्ने भनिएको तर्क प्रस्तुत गरे ।

आईतबार प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभिटिले गरेको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै उनले अब अनसन बसिरहन आवश्यक नभएको भन्दै उक्त विधेयकको बचाउ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *