मेडिकल कलेज खोल्न रोकिन्न : ओली

भक्तपुर न्यूज

२४ असार २०७५ ५:३६

मेडिकल कलेज खोल्न रोकिन्न : ओली

काठमाडौं २४ असार । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डाक्टर गोविन्द केसीलाई प्रधानमन्त्री केपी ओलीले आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित हिजो विकास निर्माणबारे छलफल गर्दै ओलीले केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए ।

केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए । ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएको छलफलका सहभागीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *