४८ विद्यार्थी बेहोसपछि हप्तादिनका लागि विद्यालय बन्द

भक्तपुर न्यूज

२२ असार २०७५ ७:२९

४८ विद्यार्थी बेहोसपछि  हप्तादिनका लागि विद्यालय बन्द

प्युठान २२ असार । विद्यार्थीहरु एक्कासि काम्ने, चिच्याउने र बेहोस हुन थालेपछि प्युठानको अमृत जीवन मावि नारीकोट एक हप्ताका लागि बन्द गरिएको छ। विद्यालयमा एकैदिन ४८ जना विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ। बिहीबार ३७ छात्रा र ११ छात्र गरी ४८ जना बेहोस भएका थिए। उक्त जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रहरी निरीक्षक, जिल्ला अस्पताल प्युठानका डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरु विद्यालय पुगेर ुकाउन्सिलिङु गरेका थिए।

असार पहिलो सातादेखि उनीहरुमा यो बिराम देखिएको बिद्यालयले जनाएको छ । सुरुमा सामान्य लक्षण देखिएको थियो तर समस्या बढ्न थालेपछि आजदेखि स्कुल नै बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो बताईएको छ । उनका अनुसार कक्षा ३ देखि ७ सम्मका १० देखि १५ वर्ष उमेर समूहका विद्यार्थीमा उक्त समस्या देखिएको छ। बिरामको मूल कारण खुल्न नसके पनि ुकन्भर्सन डिसअर्डरु भनिने एक किसिमको मनोरोग भएको हुनसक्ने डाक्टरले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *