चिकित्सक संघकाे चेतावनी

भक्तपुर न्यूज

२० असार २०७५ १२:१९

चिकित्सक संघकाे चेतावनी

काठमाडौं २० असार । नेपाल चिकित्सक संघ कर्णाली शाखाले अनसरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिज्ञप्ती निकालेको छ । विज्ञप्तीप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले समेत ऐक्यवद्धता जाहेर गरेको छ । महासचिव लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा केसीको जीवन रक्षार्थसंघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने बताउँदै सम्पूर्ण सदस्यहरुलाई तयारी अवस्थामा रहन समेत अपिल गरेका छन् ।

नेपाल चिकित्सक संघले केसी प्रतिको अमानवीय व्यवहार र स्वास्थ्यमा जोखिम पुग्ने गरी स्थानीय कबड हलमा कैदी सरह राखिएकोमा आपत्ती जनाएको छ । विज्ञप्तिमा भनिएको, ‘उहाँको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ जुनसुकै बेला कुनै पनि कठोर कदम चाल्न बाध्य हुने र यसबाट सृजीत हुन सक्ने गम्भिर परिणतीको जिम्मेवार नेपाल सरकार नै हुनेछ । साथै नेपाल चिकित्सक संघका सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत र तयारी अवस्थामा रहन समेत यसै विज्ञप्ती मार्फत अपिल गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *