सरकारले कुनै वास्ता नगर्नु बिडम्बना: पौडेल

भक्तपुर न्यूज

१९ असार २०७५ १२:१६

सरकारले कुनै वास्ता नगर्नु बिडम्बना:  पौडेल

काठमाडौं १९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराका हत्यारालाई कारवाही गराउन गंगामाया अधिकारी आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको बताएका छन् ।

छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बस्नुभएकी गंगामायाको स्वास्थ्य अवस्था बुझ्न मंगलबार वीर अस्पताल पुगेका कांग्रेसका वरिष्ठ नेता पौडेलले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसइवीलाई छानविन गर्न नस्क्दा समस्या देखिएको बताए । पौडेलले अपराधीले माओवादीसँग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवीयता गुमाउँदै गएको धारणा पनि राखे । उनले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै विधिको शासन तोड्ने र स्वतन्त्र न्यायपालिकाको फैसलालाई अपमान गरेर सरकार निरंकुशतावादी मनोवृत्तितिर शासन सत्ता अगाडि बढाइरहेको बताए ।

नेता पौडेलसँग उपचारमा संलग्न स्वाथ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको जानकारी गराएका थिए । २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया आमरण अनसन बसेकी हुन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो भने छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका बेला गंगामायाको श्रीमान् नन्दप्रसाद अधिकारीको पनि निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *