परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए
भक्तपुर, १८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षाफल प्रकाशनमा त्रुटी गर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् ।
छानविन समितिले प्रतिवेदन बुझाए लगतै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालयमा तान्ने निर्णय गरेका हुन् । रेग्मीको जिम्मेवारीमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारी समेत दिइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले हालै सार्वजनिक एसईई परीक्षाको परीक्षाफल त्रुटीपूर्ण पाइएपछि एक दिनपछि सच्याइएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७