दार्चुलामा हेपाटाइटिसको संक्रमण

भक्तपुर न्यूज

१२ असार २०७५ ९:४४

दार्चुलामा हेपाटाइटिसको संक्रमण

दार्चुला १२ असार । मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको जनाएको छ । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा भट्टले बताए ।

प्रदूषित पानीका कारण सो रोगबाट संक्रमित भएका उनले बताए । मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा तीन दिनसम्म सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो ।

हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमण देखिएमा शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, आँखा र छाला पहेँलो हुने, पेट दुःख्नुका साथै रुघाखोकीको लक्षण देखिन्छ । रोग लाग्नबाट बच्न हात धुन, खानेकुरालाई राम्ररी पकाएर मात्र खान तथा उमालेको पानी पिउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *