अवैध औषधिसहित तीन जना पक्राउ
राजविराज, १० असार । सिमावर्ती क्षेत्रबाट साढे चार लाख मूल्य बराबरको औषधिसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गैरकानुनी रुपमा आयात गरिएको साढे ४ लाख मूल्य बराबरको औषधिसहित सप्तरीको तिलाठी कोइलाडी–१ बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारतबाट आयात गरिएको औषधिसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का ४० वर्षीय रामविलास दास, ३० वर्षीय श्रवण सदा र ५० वर्षीय फुल्गेन सदालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डेक्ट्रोलिन, मोक्सी, क्रिटोजना, प्रिम्नोटकिट, मुल्टिभिट, वालकोवाल प्लसलगायत गरी ४ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको औषधी बरामद भएको सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई प्रहरी चौकी तिलाठीमा राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८