कोरियाली भाषा परीक्षामा ८२ हजार सहभागी
काठमाडौं । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा (आज) शनिबारदेखि शुरु भएको छ । उक्र परीक्षा )भोली) आइतबारसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने खनालले बताए ।
काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७