डाक्टर केसीको फेरी अनशन बस्ने चेतावनी
काठमाडौं ४ जेठ । डाक्टर गोविन्द केसीले ६ बुँदे माग राखेर फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । बिगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै केसीले आफ्ना मागहरु पूरा नभए आमरण अनसनसहित आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसक्दा पनि प्रतिस्थापन विधेयक ल्याउन राजनीतिक दलहरुले ढिलाई गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा ऐनलाई बहाना बाजी गरेर रोक्न नहुने र यो जनतामुखी हुनुपर्ने माग गरेका छन् ।
चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारवाही गर्नुपर्ने, त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनुपर्ने माग पनि केसीको छ ।
माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता गर्नुपर्ने र चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानूनको निर्माण र कार्यान्वयन गर्न केसीले माग गरेका छन् ।