संघद्धारा दैलेखमा नि ःशुल्क स्वास्थ्य परिक्षण शिविर

भक्तपुर न्यूज

२० जेठ २०७५ २:३७

संघद्धारा दैलेखमा नि ःशुल्क स्वास्थ्य परिक्षण शिविर

दैलेख । ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिला बालबालिका र सर्वसाधारण , जो राज्यको स्वास्थ्य सेवाबाट समेत बन्चित भएका सर्वसाधारण लाई लक्षितगरि दैलेख सदरमुकाममा एक दिने बिशेषज्ञ निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ । नेपाल प्रहरी श्रीमती सघ केन्द्रिय कार्यालय र आसरा सुधार केन्द्रको सयुक्त आयोजनामा उक्त शिबिर सन्चालन हुन लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

(भोली) सोमबार सदरमुकामको नारायण क्यामपसमा हुने उक्त निशुल्क स्वास्थ्य शिविरमा दन्त रोग, बालरोग र स्त्रि रोगसम्बन्धि सम्पुर्ण बिरामिलाई निशुल्क स्वास्थ्य परिक्षण गरिने र उक्त शिविरमा प्रहरी अस्पतालका १५ जना बिशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रहरी कार्यालयका दैलेखले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *