भरतपुर अस्पतालको मेसुमा डा। रविन खड्का नियुक्त

भक्तपुर न्यूज

१७ जेठ २०७५ २:३८

भरतपुर अस्पतालको मेसुमा डा। रविन खड्का नियुक्त

चितवन । चितवनको भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा रविन खड्का नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा खड्कालाई नियुक्त गरेको हो । यसअघि अस्पतालका अर्थोपेडिक सर्जन डा रुद्र मरासिनी मेसु थिए ।

रेडियोलोजिष्ट डा। खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । खड्काले केही समयअघि देखि नै भरतपुर अस्पतालको मेसु हुन प्रयास गरेका थिए । तर, अस्पतलाका पूर्व मेसु डा केशव भुर्तेलको भष्ट्राचारको मुद्धाको सुनुवाइ बाँकी रहेकोले खड्काको फाइल पेन्डिङमा थियो । बिषेश अदालतले डा भुर्तेललाई भष्ट्राचारी ठहर गरेपछि डा। खड्काको बाटो खुलेको हो । डा खड्का नवौं तहका चिकित्सक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *