झण्डै ९६ प्रतिशत विद्यार्थी विद्यालय भर्ना

भक्तपुर न्यूज

१६ जेठ २०७५ ७:१९

झण्डै ९६ प्रतिशत विद्यार्थी विद्यालय भर्ना

काठमाडौ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७।१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७।२ प्रतिशत मात्र रहेको छ ।

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७।२ प्रतिशत, आधारभूत तह ९कक्षा १ देखि ८० को ९२।३ प्रतिशत र माध्यमिक तह ९कक्षा ९ देखि १२० को खुद भर्नादर ४३।९ प्रतिशत पुगेको छ ।

आव २०७३–०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७।२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७।१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४।८ प्रतिशत रहने अनुमान छ ।

आव २०७४–०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *