विद्यार्थी खुला चौरमा पढ्न बाध्य
सल्यान । गएराति आएको हावाहुरीले शारदा नगरपालिका–९ सुन्चौरको निम्न माध्यमिक विद्यालयको भवनको छाना उडाइदिएको छ। चार कोठे दुई भवनको छाना हावाले उडाएपछि विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्। गएराति करिब १२ बजेतिर आएको हावाले विद्यालयको छाना उडाएपछि साना बालबालिकाहरु चौरको धुलोमा बसेर पढ्न बाध्य भएको स्थानीय वेल्धर बुढा मगरले जानकारी दिए।
हावाले कार्यालयका महत्वपूर्ण कागजातसमेत उडाएको छ। कार्यालयका महत्वपूर्ण कागजात हराउदा प्रशासनिक कामसमेत प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ। गएरातिको हावाहुरीले स्थानीयको घरगोठमा समेत क्षति पुर्याएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४