वागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम
भक्तपुर, २७ बैशाख । वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७५ मा भर्ना भएका कक्षा ७ सम्मका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न गरेको छ ।
आज आयोजित उक्त स्वागत तथा सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूको शैक्षिक, स्वास्थ्य, अतिरिक्त क्रियाकलापमा सकारात्मक परिवर्तनको लागि विद्यँलयले कुनै पनि कन्जुस्याई नगर्ने बताए । विद्यालयले समय समयमा स्वास्थ्य परीक्षण गर्दै आएको, खेलकुद शिक्षकको व्यवस्था गरेको छ उनले बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरीले अहिलेसम्म सरकारको मुख नताकी आफ्नै बलबुत्ताले उठेको भन्दै यसको श्रय विद्यार्थी, अभिभावक र शिक्षकमा जाने बताए ।
कार्यक्रममा शिक्षकहरू कृष्णमान मलेपति, कृष्णभक्त लघु, राजन लाखा, मिना प्रजापति, अम्बरदली श्रेष्ठ र विद्यार्थी खुसी राईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा शैक्षिक वर्ष २०७४ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रधानाध्यापक धन्छाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती देखाएका थिए ।