कपाल फुल्यो ? चिन्ता नलिनुहोस, यी हुन् छुटकारा पाउने उपाय

भक्तपुर न्यूज

२५ वैशाख २०७५ ८:२०

कपाल फुल्यो ? चिन्ता नलिनुहोस, यी हुन् छुटकारा पाउने उपाय

युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् ।दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ ।

कपाल समय अगावै फुल्छ र बजारको औषधि प्रयोग गर्नुहुन्छ भने त्यस्तो आदत अब छोडिदिनु होस् । त्यस्ता कृतिम औषधिले केसका जरा र टाउका नसाहरुहरुमा साइड इफेक्ट गराउँछ र केही समयपछि पुनः कपालको रंगमा परिवर्तन आउँछ । कपाल सेतो हुनबाट जोगाउन धेरै खर्च गर्ने प्रबृत्ती बढ्दो छ तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अमला
अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२
खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

नरिवलको तेल

तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ । नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *