शिक्षक आयोग असारसम्म नखुल्ने संकेत

भक्तपुर न्यूज

३ वैशाख २०७५ ४:१९

शिक्षक आयोग असारसम्म नखुल्ने संकेत

काठमाडौं, ३ बैशाख । अन्तिम समयमा आएर अस्थायी शिक्षकको परीक्षा स्थगित गरेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले असार सम्म शिक्षक सेवा आयोगको विज्ञापन नखोल्ने संकेत गरेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेको एक महिना पूरा भएको अवसरमा आईतबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक उनको कार्यक्रम र कार्यान्वयन योजनामा आयोग खोल्ने विषय समेटिएको छैन ।

ुआन्तरिक प्रतियोगितालाई अघि बढाईरहँदा गुणात्मक शिक्षक छनौटको आधारमा शिक्षक परीक्षाका बारेमा छलफल गर्न बाँकी छु तीन महिने कार्यक्रम र कार्यान्वयन योजनामा शिक्षक आयोगको विषय किन नमेटिएको हो रु भन्ने पत्रकारको प्रश्नमा उनले भने, ुशिक्षक छनौट भनेको नियुक्ति पत्र प्रदान गर्नु मात्रै हैन, यदि त्यस्तो हुन्थ्यो भने भईरहेका शिक्षकलाई नियुक्ति पत्र दिदाँ भैहाल्थ्यो, परीक्षा लिनु जरुरी नै थिएन, जब गुणात्मक शिक्षाको कुरा गर्छौ त्यही विधि र प्रकृया अनुसार शिक्षक छनौट हुन्छ ।

उनको उक्त योजनामा जारी भर्ना अभियानका कार्यक्रम देखि उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको पुर्नगठन सम्मका कामलाई महिना तोकेरै उल्लेख गरिएको छ । जस अनुसार बैशाख भरमा आयोगको पुर्नगठन गर्ने, जेठभरमा संघीय शिक्षा विधेयक र अधिकारमा आधारित शिक्षा विधेयकको मस्यौदा तयार गर्ने उल्लेख छ । तीन महिनाका लागि तयार ३० शिर्षकका योजनामा उनले कुन महिना सम्ममा के काम गर्ने भन्ने कुरा तोकेका छन् ।

यसैगरी असार सम्ममा मानव संसाधन प्रक्षेपण र जनशक्ति विकास योजनाका प्रविधिक कार्यदल गठन, उच्च शिक्षा र विद्यालय शिक्षाका निकायहरुको साझेदारीमा वृहत विज्ञान मेल ा गर्ने उल्लेख छ । जेठ सम्ममा प्रदेश र स्थानीय तहको लागि नमूना कानूनको मस्यौदा तयारी, असार सम्ममा राष्ट्रिय योग्यता प्रारुप र राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन सक्ने योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *