मेडिसिटीमा ५० हजारसम्मको उपचार खर्च पाइने

भक्तपुर न्यूज

२८ चैत २०७४ ५:५०

मेडिसिटीमा ५० हजारसम्मको उपचार खर्च पाइने

काठमाडौ, २८ चैत । नेपाल मेडिसिटी हस्पिटल र प्रिमियम इन्सुरेन्स कम्पनीबीच नगदरहित बिमा सेवाको सम्झौता भएको छ। यस सम्झौता पश्चात प्रिमियम इन्सुरेन्स कम्पनीमा वार्षिक एक हजार २५० रुपैयाँको बीमा गर्दा मेडिसिटी हस्पिटलमा ५० हजार रुपैयाँसम्मको उपचार खर्चको सुविधा पाइने भएको हो।

कम्पनीले व्यक्तिगत र परिवार गरी दुई प्रकारको अफर सार्वजनिक गरेको छ। यस अनुरुप व्यक्तिगत अफर लिँदा वार्षिक १ हजार २ सय ५० देखि २५ हजार रुपैयाँसम्मको बिमा गर्न सकिने जनाएको छ। त्यस्तै परिवारतर्फ एक हजार ८ सय ७५ देखि ३७ हजार ५ सय रुपैयाँसम्मको बीमा गर्दा ५० हजारदेखि १० लाखको उपचार खर्चमा १० प्रतिशत रकम मात्रै व्यक्तिले तिरे पुग्ने सम्झौतामा उल्लेख छ। यस बाहेक उपचार खर्चको ९० प्रतिशत खर्च कम्पनीले नै भुक्तानी गर्नेछ।

जस्तो कुनै व्यक्तिले वर्षको २५ सय रुपैयाँको बीमा गरेको छ। यसमा उसको उपचार खर्च एक लाख रुपैयाँ भए यसको दस प्रतिशत अर्थात दस हजार रुपैयाँ मात्र तिरे पुग्छ। बाँकी ९० प्रतिशत बीमा कम्पनीले तिरिदिन्छ। त्यस्तै ५ हजार रुपैयाँको बीमा गर्नेले २ लाख रुपैयाँ तिर्नु पर्यो भने यसको पनि १० प्रतिशत मात्रै तिरे पुग्ने बताइएको छ।

बार्षिक ७ हजार ५ सय रुपैयाँको बीमा गर्दा ३ लाख सम्म, १० हजारको गर्दा ४ लाख, १२ हजार ५ सयको गर्दा ५ लाख तथा १८ हजार ७ सय ५०को बीमा गर्दा ७ लाख ५० हजार सम्मको उपचार खर्चको १० प्रतिशत मात्रै तिरे पुग्छ। बाँकी कम्पनीले ब्यहोर्ने जनाइएको छ। त्यस्तै परिवार अफर अन्तर्गतको वार्षिक ३ हजार ७ सय ५०को बीमा गर्दा १ लाख रुपैयाँको दस प्रतिशत मात्र बिमाकर्ताले तिरे पुग्छ।

त्यस्तै ७ हजार ५ सय रुपैयाँको बीमा गर्दा २ लाख, ११ हजार २ सय ५० को गर्दा ३ लाख, १५ हजारको गर्दा ४ लाख, १८ हजार ७ सय ५० को गर्दा ५ लाख तथा २८ हजार १ सय २५ को गर्दा ७ लाख ५० हजार रुपैयाँ बराबरको उपचार खर्चको ९० प्रतिशत रकम कम्पनीले ब्यहोर्ने बताइएको छ।

तर बीमाको अवधि भने एक वर्षसम्मको मात्र हुने बताइएको छ। अर्थात बिमाकर्ताले बुझाएको रकम सोही वर्षको उपचार खर्चलाई मात्र समेट्ने सम्झौतामा उल्लेख छ। त्यस्तै भुक्तानी गर्दा बीमा कम्पनीले नगद रहित कारोबार गर्ने सम्झौता भएको बताइएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यले सम्पूर्ण बीमा कारोबार नगररहित हुने भएकाले बिमाकर्तालाई कुनै झन्झट नहुने बताए। उपाध्यका अनुसार नगदरहित कारोबार अन्तर्गत अस्पतालको उपचार खर्च बुझाउँदा पैसाको सट्टा बीमा गर्दा कम्पनीले प्रदान गर्ने कार्ड बुझाए पुग्नेछ।

त्यस्तै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले स्वास्थ्य बिमामार्फत सम्पूर्ण नेपालीलाई अस्पतालसम्मको पहुँचलाई थप सहज बनाउन यस सुविधा सुरु गरिएको बताए। कार्यक्रममा मेडिसिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोले बीमाले भइपरि आउने सबै खाले स्वास्थ्य समस्यालाई समेट्ने र यसको लाभ जनताले सहज रुपमा उठाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *