श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनी हुने

भक्तपुर न्यूज

२२ चैत २०७४ ८:२३

श्री पद्म माविमा बृहत शैक्षिक प्रर्दशनी हुने

भक्तपुर, २२ चैत । भक्तपुरको दरवार स्क्वायरमा रहेको श्री पद्म माध्यमिक विद्यालय तथा कलेजमा बृहत शैक्षिक प्रर्दशनीको आयोजना हुने भएको छ । आगामी चैत २९ गते एक दिन हुने उक्त शैक्षिक प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विषयमा प्रर्दशनी गर्ने उक्त विद्यालयका प्राचार्य राम हाडाले जानकारी दिए ।
यस विद्यालय र कजेलले अन्यत्रका कार्यक्रममा सहभागी भई उत्कृष्ट भएका प्रयोगात्मक क्रियाकलाप, भुकम्प प्रतिरोधी डिजाइन, अतिरिक्त क्रियाकलाप, सरसफारई लगायतका प्रर्दशनी गरिनेछ । उक्त कार्यक्रममा विज्ञान र सिभिल इन्जिनियरिङ विषयका विद्यार्थी प्रर्दशन मुख्य आर्कषण हुने छ । यो प्रर्दशनीबाट विद्यार्थीहरुले नयाँ विषयमा शैक्षिक ज्ञान हासिल गर्ने प्रार्चाय हाडाको भनाई छ । प्रदैशनीमा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सर्वसाधरणको उपस्थित रहने विद्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *