कसरी बढाउन सकिन्छ स्मरणशक्ति

भक्तपुर न्यूज

१९ चैत २०७४ १०:४८

कसरी बढाउन सकिन्छ स्मरणशक्ति
उमेरसंगसंगै मानिसहरुको स्मरणशक्ति पनि कमजोर हुँदैं जान्छ । यहाँसम्म कि आफूले कहाँ सामान राखें भन्ने सम्झन पनि अप्ठेरो हुन्छ । यद्यपि कहिलेकाहीँ कतिपय रोगहरुका कारण पनि मानिसको स्मरण क्षमता कमजोर बन्दछ ।

यस्ता रोग नभै अन्य कारणले स्मरण क्षमता कम हुने मानिसहरुका लागि आफ्नो स्मरण शक्ति बढाउन केही काइदाहरु कामयावी हुन्छन् । अर्थात् केही सामान्य उपायहरु अपनाउनेहो भने स्मरण क्षमता आफै बढाउन सकिन्छ ।

स्मरणशक्ति बढाउने केही टिप्स यस्ता छन्:

पर्याप्त निद्रा:  निद्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।

दिमागी कसरत: क्रसवर्ड, पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।

नियमित व्यायाम:  नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।

योगा:  योगालेे मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।

स्वस्थ खाना:  बदाम, ओखर, हरियो सागपात, गि्रन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन् ।

विषयलाई भिजुअलाइज गर्ने:  यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ ।

नयाँ सिक्नुहोस्:  केही न केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ ।

समयतालिका बनाउनुहोस्:  कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ । कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्झिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *