अन्ततः अस्थाई शिक्षकको परीक्षा स्थगित
काठमाडौं, १७ चैत । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि चैत २३ गते तोकिएको परीक्षा स्थगित गरेको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त परीक्षाा स्थगित भएको सुचना जारी गरेको हो ।
यसअघि आयोगले अस्थायी शिक्षक ९प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको परीक्षा चैत २३ गते दिउँसो १ बजेका लागि तोकेको थियो । आयोगको यो निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले विरोध गर्दै आएका थिए ।
आयोगले लिने उक्त परीक्षा स्थगित गर्न माग गर्दै तीन ठुला विद्यार्थी संगठनले बृहत प्रदर्शनसहित शैक्षिक हड्ताल घोषणा गरेका थिए । विभिन्न संगठनहरुको चर्को विरोधकै बीच आयोगले परीक्षा स्थगित भएको सुचना जारी गरेको छ । आयोगले परीक्षा स्थगितबाट पर्न गएको असुविधाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ १४:४५