मन्त्रालयले अस्थायी शिक्षक र विद्यार्थीसँग आज वार्ता गर्दै

भक्तपुर न्यूज

१४ चैत २०७४ ५:२३

मन्त्रालयले अस्थायी शिक्षक र विद्यार्थीसँग आज वार्ता गर्दै

काठमाडौं, १४ चैत । शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसँग आज वार्ता गर्दैछ । आउँदो २३ गते शुक्रबारका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगन गर्न माग गर्दै अनशन बसेका अस्थायी शिक्षक र खुल्ला प्रतियोगितामार्फत शिक्षक छनोट हुनुपर्ने माग गर्दै अलग्गै अनशन बसेका विद्यार्थीसँग आज वार्ताको तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।
हिजो शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा मन्त्रालयका प्रवक्ता डा. लम्साल र विभागका निर्देशक केशव दाहाल सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको छ ।
समितिले दुवै पक्षसँग वार्ता गरी समाधानको उपाय खोज्नेछ । शिक्षक सेवा आयोगले आउँदो २३ गते अस्थायी शिक्षकको परीक्षा गर्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *