भक्तपुर औद्योगिक क्षेत्रमा स्वास्थ्य क्लिनिक

भक्तपुर न्यूज

१ चैत २०७४ ४:३६

भक्तपुर औद्योगिक क्षेत्रमा स्वास्थ्य क्लिनिक

भक्तपुर, १ चैत्र । भक्तपुर औद्योगिक क्षेत्रमा निशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग बाणिज्य संघ, जिल्ला समन्वय समिति, लायन्स क्लब अफ भक्तपुर र डाक्टर इबामुरा अस्पतालको संयुक्त पहलमा निशुल्क स्वास्थ्य क्लिनिका सञ्चालनमा ल्याएको हो ।

क्लिनिको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले गरेका थिए । उद्घाटन गर्दै उनले भक्तपुर नगरपालिकाले हाल बिभिन्न खालका स्वास्थ्य उपचारका बिषयमा अध्ययन गरिरहेको र निकट भबिष्यमा आफ्नै अस्पतालको तयारी भईरहेको जानकारी दिए ।
उनले भने हाल भक्तपुर नगरका तीन वडामा हरेक घरमा पुगेर नर्सहरुले सेवा प्रदान गरिरहेको र अब केही दिनमा भक्तपुर नगरका सम्पूर्ण वडाहरुका घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदानको तयारी भइरहेको बताए । कार्यक्रमा भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले औद्योगिक क्षेत्रका कामदारका साथै बिपन्न परिवारका लागि यो सेवा फलदायी रहने बताए । उनले भक्तपुर उद्योग बाणिज्य संघले स्वास्थ्य क्षेत्रमा समेत सक्दो सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

इवामुरा अस्पतालका ब्यवस्थापक रञ्जित मारिखुले हरेक तह र तप्काका सेवाग्राहीले उक्त क्लिनिकबाट स्वास्थ्य परिक्षण गरी लाभ लिन सकुन् भन्ने उद्देश्यका साथ सहकार्यमा सहभागिता जनाएको बताए । अस्पतालले बिहीवार निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *