परीक्षा बोर्डद्धारा केन्द्र निर्धारण

भक्तपुर न्यूज

१ चैत २०७४ १:४८

परीक्षा बोर्डद्धारा केन्द्र निर्धारण

भक्तपुर, १ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ १२ को परीक्षा सञ्चालनका लागि केन्द्र निर्धारण गरेको छ । सोमबार बसेको परीक्षा बोर्डको बैठकले गत बर्ष भन्दा ५७ बढी केन्द्र निर्धारण गर्ने निर्णय गरेको हो ।

बैशाख १४ गतेबाट हुने कक्षा १२ र ३० गतेबाट हुने कक्षा ११ को परीक्षाका लागि देशभर १ हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिए । गत बर्ष यो संख्या ९ सय ९२ थियो । परीक्षार्थी धेरै हुने आँकलन गरेर केन्द्र निर्धारण गरिएको पौडेलले बताए ।

ुतथ्याङ्कको अन्तिम रुजुको काम चलिरहेको छ, करीब साढे ९ लाख विद्यार्थी हुने हाम्रो अनुमान छु पौडेलले भने ुत्यही भएर केन्द्रको संख्या बढेको हो । गत बर्ष यी दुई कक्षामा साढे सात लाख विद्यार्थी थिए । बैठकले भोलीबाट प्रश्नपत्र छपाईको काम शुरु गर्ने निर्णय पनि गरेको छ । कक्षा ११ र १२ को प्रश्न पत्र जनक शिक्षा सामग्री केन्द्रमा छापिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *