गुणस्तरमा ध्यान दिनुपर्नेमा मन्त्री पण्डितको जोड

भक्तपुर न्यूज

२४ फागुन २०७४ ६:५५

गुणस्तरमा ध्यान दिनुपर्नेमा मन्त्री पण्डितको जोड

भक्तपुर, २४ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपाली जनताले नेपालमै सहज रुपमा स्वास्थ्य उपचार पाउनुपर्ने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा सक्रिय भएका व्यक्तिहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए ।
भक्तपुरको बोडेमा मेडिकल ल्यावोरेटरी एशोसियसन अफ नेपालको बृहत चौथो राष्ट्रिय सममेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपालमै दक्ष जनशक्ति उत्पादन गरी ती जनशक्तिलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले यस बिषयमा सरकारले पनि पहल गरिरहेको बताउँदै स्वास्थ्यकर्मीहरुले पनि साथ र सहयोग गर्नुपर्ने बताए ।
उक्त सम्मेलनमा देशभरीका मेडिकल ल्यावोरेटरीहरुको सहभागिता रहेको छ । सम्मेलनले नयाँ कार्य समिति पनि चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *