स्वास्थ्यमा ८० प्रतिशतमात्रै सरकारको लगानी
काठमाडौं, १९ माघ । कुल बजेटको ठूलो हिस्सा रहने स्वास्थ्य क्षेत्रमा ८० प्रतिशत लगानीमात्रै सरकारको रहने गरेको छ । २० प्रशितशत लगानी दातृ निकायले गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक वर्षको प्रगति विवरणसहित दातृ निकायसँग गरिएको समिक्षा वैठकका क्रममा यस्तो जानकारी दिइएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नेतृत्वमा स्वास्थ्य क्षेत्रका २०७३र०७४ मा भएका प्रगति, चुनौति र गर्न बाँकी कामबारे मन्त्रालयले जानकारी दिएको छ । समा स्वास्थ्य क्षेत्रको ०७३÷०७४ मा भएको खर्चमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको भएको जानकारी दिएको छ । जसमा राष्ट्रियस्तरका ९ विकास साझेदार संस्थाहरू रहेका छन् ।
स्वास्थ्य मन्त्री दिपक बोहराका अनुसार स्वास्थ्य बिमा ऐनसहित अब बन्ने नयाँ स्वास्थ्य नीतिमा सबै जनतालाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि पुनरावलोकन गर्ने तयारीमा सरकार लागेको छ । सरकारले मिर्गौला समस्या, क्यान्सर र स्पाइनल इन्जुरी भएका विरामिलाई ५ हजार रूपैयाँ मासिक भत्ता दिने निर्णय गरेको पनि जानकारी दिए । ‘अबका दिनमा स्वास्थ्य सेवा पनि प्रदेश र स्थानिय निकायबाटै हुने छ । जसको ब्यवस्थापन हामि लागेका छौँ ।’, बोहराले भने ।
स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले भनिन्,‘अहिले भएको जनशक्तिले स्वास्थ्य क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा दिन सकिँदैन । जसको लागि थप बजेट र जनसक्ति साथै प्रदेशै पिच्छे स्वास्थ्य सम्बन्धि जानकारी लिन पनि जरूरत रहेको छ ।’
देश संघियतामा जाँदै गर्दा बजेट साथै जनशक्तिको व्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको डा। चौधरीले जानकारी दिईन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा। श्रीकृष्ण गिरीले भने,‘स्वास्थ्य क्षेत्रमा धेरै कार्यहरू प्रभावकारि भएपनि केहि विषयमा भने अझै प्रभावकारी कार्य हुन नसकेको र मन्त्रालयले त्यस्ता कार्यलाई अवका दिनमा प्रभावकारि ढङगले गर्नु पर्ने छ ।’