तपाइँको ब्लड ग्रुप कुन हो ? खानुस् यी ब्लड ग्रुप अनुसारका खानेकुरा

भक्तपुर न्यूज

२० पुष २०७४ ५:५२

तपाइँको ब्लड ग्रुप कुन हो ? खानुस् यी ब्लड ग्रुप अनुसारका खानेकुरा

हिजोआज धेरैजसो मानिस आफ्ना खानाको बारेमा सचेत हुने गरेका छन् । के खाने, के नखाने भन्ने विषयमा चर्चा परिचर्चा गर्छन् । शरीर स्वस्थ राख्नको लागि खानाले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ, हरेक मान्छेले आफ्नो ‘डाइट’मा विशेष ख्याल राख्नुपर्छ । स्वास्थ्यबद्र्धक खाना खान सके मात्रै विभिन्न खालका रोगबाट बच्न सकिन्छ ।

कतिपय मानिसहरुले मोटोपन र दुब्लोपनलाई ध्यान दिएर यो खाने, यो नखाने भनिरहेका हुन्छन् । आफ्ना साथीसँगीले भनेका कुरा सुनेर पनि खाने कुरामा परहेज गरिरहेका हुन्छन् । तर, कस्ता खाना खादा मोटोपन हुन्छ र कस्ता खानाले हुँदैन भन्ने आधिकारिक जानकारी स्वास्थ्यकर्मीबाट भने लिएका हुँदैनन् ।

‘लो क्यालोरी’ खाना खादा शरीरको तौल कम राख्न सकिने र हाई ईनर्जीका खानेकुरा खाना खादा मोटोपनको समस्या बढ्ने भन्ने होइन । शरीरको तौललाई सन्तुलिन राख्नको लागि आफ्नो रक्त समूह (ब्लड ग्रुप) अनुसारका खानेकुरा खानुपर्ने हुन्छ ।

स्वास्थ्य बिशेषज्ञहरुका अनुसार आफ्नो ब्लड ग्रुप अनुसारको भोजन खाने हो भने मोटोपन कम हुने मात्र होइन विभिन्न रोगहरुबाट समेत छुटकारा पाउन सकिन्छ ।

आउनुस् जानौं कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने र के नखाने

ए :  रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।

बी :  ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।

एबी : त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

ओ : यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन उपयुक्त हुन्छ । यसका लागि त्यस्ता ब्यक्तिहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *