स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

भक्तपुर न्यूज

१३ पुष २०७४ १०:५५

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

काठमाण्डौ, १३ पुस । सरकारले रिक्त रहेको स्वास्थ्य सचिवमा स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयकी प्रमुख विशेषज्ञ चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. किरण रेग्मीले गत मंसिर १८ मा अनिवार्य अवकास पाएसँगै विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिव पद पदपूर्ति भएको छ । वरियतामा पहिलो नम्बरमा रहेकी डा. चौधरीले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् ।
आज सचिव नियुक्त भएकी डा. चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी ०६२ सालमा ११ औं तहमा प्रतिस्पर्धामा बढुवा भएकी थिइन्। गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन् । त्यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृहकी निर्देशक समेत थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *