यी बिरामीलाई मासिक रु पाँच हजार भत्ता

भक्तपुर न्यूज

१३ पुष २०७४ १०:४२

यी बिरामीलाई मासिक रु पाँच हजार भत्ता

काठमाण्डौ, १३ पुस । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले मृर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि सरकारले सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो ।
यस्तै, बैठकले डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी विवादमा तानिएको रानीपोखरीको पुनर्निर्माण प्रक्रियालाई पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन निर्देशन दिएको छ ।
यसैबीच सिटीइभिटीको ६ अर्ब ३० करोड सहायता ऋण र काठमाण्डौ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको एक अर्ब चार करोड सहयोग स्विकार गर्ने निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *