माघबाट सिटामोल बजारमा आउने

भक्तपुर न्यूज

१२ पुष २०७४ ६:४६

माघबाट सिटामोल बजारमा आउने

काठमाडौं, १२ पुस । नेपाल औषधि कम्पनी लिमिटेडले आगामी माघ महिनादेखि सिटामोल उत्पादन सुरु गर्ने भएको छ । जीवनजल उत्पादन गरेको नौ महिनापछि लिमिटेडले सिटामोल उत्पादन गर्ने भएको हो ।
गत वैशाखमा जीवनजल उत्पादन सुरु गरेको कम्पनीले दशै तिहार अगावै सिटामोल उत्पादनको तयारी गरेको थियो । तर कच्चा पदार्थ जति सबै भारतबाट आयात गर्नु पर्ने र टेण्डर गरिसकेपछि भारतमा जिएसटी कार्यान्वयका कारण मंसिरमा सिटामोल उत्पादन गर्ने तयारी गरेको थियो । सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । माघको दोस्रो सातादेखि सिटामोल उत्पादन गरेर बजारमा पठाउने तयारी कम्पनीले गरेको छ ।
गत वर्ष असोजमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीले तीन महिनाभित्र ८ प्रकारका औषधि सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस उत्पादन सुरु गर्ने बताएका थिए ।
२०६० सालसम्म १२० वटा औषधी उत्पादन गरिरहेको लिमिटेडले ५५० जना कर्मचारी हुने बेलामा बोनस समेत बाँडेको थियो । त्यसपछि उद्योगको अवस्था निरन्तर ओरालो लाग्दा बिगत ८ वर्षदेखि ग्लिसिरिन र डिस्टिल वाटर मात्र उत्पादन गरिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *