एक दिनमा पानी कति पिउने ?

भक्तपुर न्यूज

११ मंसिर २०७४ ६:२९

एक दिनमा पानी कति पिउने ?

एजेन्सी । पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीलाई थाहा नै छ । तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाह नहुन सक्छ ।
डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ ।
कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः
सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।
पानीको काम
पानी शरीरको मुख्य रसायन र शरीरमा उत्पादन हुने विकारयुक्त पदार्थ निकाल्ने पदार्थ हो । पानीले शरीरका जोर्नी, तन्तु, मांसपेसीदेखि कोषहरूलाई रसिलो राख्छ र सजिलोसँग चल्न सहयोग गर्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, कब्जियत घटाउँछ, शारीरिक प्रक्रियालाई सही राख्न सयहोग गर्छ । पानीले खाना पचाउनसमेत सहयोग गर्छ ।
पानी कति बेला पिउने ?
एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्न सक्छ । एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ । बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ । पानी उठ्ने बित्तीकै पिएको राम्रो हो । सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो । राति पानी पिउँदा केही बिग्रिदैन । तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो ।
खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो । शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ । पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ ।
खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन ।
पानी कुन समयमा खाने भन्ने केही छैन । तिर्खा लागेको समयमा पिउन सकिन्छ । एकैचोटी धेरै पानी पिउन भने हुँदैन । पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ । काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिए पनि हुन्छ । धेरै गर्मी छ भने पानीको मात्रा बढाउनुपर्छ ।
पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ । पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ । रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ । भोलिपल्ट ह्याङ पनि कम हुन्छ ।
पानीको कारण टाउको दुःखेको कम हुन्छ । पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ । कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ ।
पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ । एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउदा शरीरलाई हानी गर्देन । तर, पानी सफा हुनुपर्छ । पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ । एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउँनु हुँदैन् । पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन ।
यती उमेर समूहले यती पानी पिउने भन्ने केही पनि छैन । पानी सफा हुनुपर्‍यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ । खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन । यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *