हल्लाको मारमा विद्यार्थी, समाज असुरक्षित भएको पुष्टि
काठमाडौं , ८ मंसिर । बिहीबार दिनभरी हल्ला चल्यो शुक्रबार बन्द छ । के का लागि ? किन ? कसले ? बन्दको घोषणा गरेको हो, स्पष्ट छैन, तर बिहीबार ठिक ठाक घर फर्केका विद्यार्थी शुक्रबार पढ्नबाट बञ्चित भएका छन् ।
हल्लाकै विचमा शिक्षण संस्था बन्द हुनु भनेको समाज कुन हद सम्म असुरक्षित छ भन्ने कुराको प्रमाण हो । बालबालिकाले पढ्न नपाउने समाज पछौटे समाज हो । जुन समाजमा बालबालिकाले निर्भयका साथ गतिविधि गर्न पाउन्नन् त्यो समाजको उन्नती पर धकेलिनेमा शंका छैन, किन भने बालबालिका भविष्य हुन् ।
बालबालिकाको पढ्ने वातावरणमा खलल पुग्नु भनेको देशको भविष्य अन्धकार हुनु हो । शुक्रबारको अवस्था अन्धकार तिरको यात्रामा थप अर्को कदम भएको छ । समाज कुन हद सम्म असुरक्षित छ भन्ने कुराको प्रमाण हो यो घटना । सडकमा कोही बन्द कर्ता छैनन्, बन्द कसले गरेको हो पनि टुङ्गो छैन । तर अधिकाँश विद्यालय बन्द छन्, विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।
हल्लैका भरमा विद्यालय बन्द हुनु र विद्यार्थीले पढ्न नपाउनु भन्नुको सोझो अर्थ भविष्य सफा नहुनु त हो नै, वर्तमानमा समाज कुन हद सम्म असुरक्षित छ भन्ने कुराको ज्वलन्त प्रमाण पनि हो ।
राज्य छ, राज्यका सुरक्षा निकाय छन् तर उनीहरुले सुरक्षाका लागि काम गर्छन् भन्ने विश्वास आम जनजीवनमा छैन ।
हल्लैका भरमा यो हद सम्म प्रभाव पार्न सक्नुका पछिल्तिर राज्यको सुरक्षा संयन्त्र प्रभावकारी छैन भन्ने पुष्टि हो । विद्यालय र विद्यार्थी मात्रै हैन पुरै समाज सुरक्षित छैन भन्ने यो घटनाले पुष्टि गरेको छ । अघिल्लै दिन देखि चलेको हल्ला निस्तेज पारेर विद्यालय र विद्यार्थीलाई ढुक्क बनाउनुको साटो राज्य रमिते भएको छ ।
हल्ला गर्नेहरु, हानी गर्नेहरु र राज्य असफल बनाउन चेष्टा गर्नेहरु बर्गेल्ती हुन्छन् । तर तीनीहरुले चलाएको हल्लाकै भरमा जनजीवन ठप्प हुने अवस्था आउनु भनेको सुरक्षा संयन्त्र असफल हुनु हो ।