जानी राखौ, कुन सपना देख्दा कस्तो फल मिल्छ ?

भक्तपुर न्यूज

७ मंसिर २०७४ ७:१०

जानी राखौ, कुन सपना देख्दा कस्तो फल मिल्छ ?

सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ ।

सपनाको संसार ज्यादै नै रोचक हुन्छ । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ । यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ। विशेष गरी राम्रो तथा नराम्रो फल दिने स्वप्नाको बारेमा सबैजनासँग भन्नु हुँदैन, आफ्नो नजिकको व्यक्तिसँग भने फरक पर्दैन । यदि आफूलाई त्यस सपनाको फल नराम्रो हुन्छ कि भन्ने लागेमा आफ्नो गुरु पुरोहित तथा आमाबुबासँग पनि सल्लाह लिन सकिन्छ  ।

कुन सपना देख्दा कस्तो फल मिल्छ ?

आँखामा गाजल लगाउनु – शारीरिक कष्ट

आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु

उजाड बगैचा देख्नु – दुःख पाउने

मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने

दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु

बाख्रा देख्नु – शत्रुको डर

राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु

पहाड हल्लिएको देख्नु – विरामी हुने डर

पुरी खाएको देख्नु – खुशीको समाचार आउनु

तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु

बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु

थुक देख्नु – समस्यामा पर्नु

हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु

आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु

सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु

स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु

झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु

लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु

चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु

चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु

आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु

ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु

बन्द ढोका देख्नु – धन नास हुनु

धुँवा देख्नु – व्यापारमा हानि

भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु

चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ

बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु

मासु देख्नु – आकस्मिक धन लाभ

पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु

फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग

सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा

सेतो बिरालो देख्नु – धन नास हुनु

समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

गोबर देख्नु – पशु व्यापारमा लाभ

उजाड जंगल देख्नु – समस्या बढ्नु

मरेको मानिस देख्नु – रोगबाट मुक्त

गरगहना देख्नु – कार्य पुर्ण हुनु

जुवा खेलेको देख्नु – व्यापारमा लाभ

पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ।

चील देख्नु – शत्रुबाट नोक्सान हुनु

चाँदी देख्नु – धन प्राप्त हुनु

कैची देख्नु – घरमा झै-झगडा हुनु

खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु

काग देख्नु – कसैको मृत्युको समाचार आउनु

कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु

नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु

सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु

रातो फूल देख्नु – भाग्य चम्कनु

घोडा देख्नु – संकट हट्नु

मोती देख्नु – छोरी पाउने योग

गाडेको धन देख्नु – अचानक धन लाभ हुनु

झरना देख्नु – दुःखको अन्त हुनु

चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु

कुवामा पानी देख्नु – धन लाभ

सुन्दर स्त्री देख्नु – प्रेममा सफलता

खुकुरी देख्नु – संकटबाट मुक्ति

चन्दन देख्नु – शुभ समाचार आउनु

नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु

नून देख्नु – स्वास्थ्यमा लाभ

सुकेको घाँस देख्नु – जीवनमा समस्या

रुद्राक्ष देख्नु – शुभ समाचार आउनु

स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि

सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग

तिर्खा लाग्नु – लोभ बढ्नु -हिन्दुकल्चरबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *